अकामा होटेलले आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2023 | 09:04:23 AM मा प्रकाशित

laxmi  sunrise bank

अकामा होटेल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित मङ्सिर २७ गते साधारणसभा आह्वान गरेको छ ।

साधारणसभामा विविध प्रस्ताव अन्तर्गत आईपीओ निष्काशन सम्बन्धी प्रस्ताव रहेको छ । अन्य प्रस्तावमा  सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आ.व.२०७९/८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, तत्सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने, कम्पनीको आ.व. २०८०/०८१ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा पारीश्रमीक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव रहेका छन्।

यस कम्पनीले काठमाडौंको धुम्बाराहीमा ४ तारे डिलक्स होटेलको रुपमा अकामा होटेल संचालन गरिरहेको छ । यो होटेल सानिमा समुहले निर्माण गरेको हो । होटेलमा एनआरएनहरुको पनि लगानी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved