आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2023 | 10:12:21 AM मा प्रकाशित

laxmi  sunrise bank

आत्मनिर्भर लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ६ करोड २३ लाख ३८ हजार रहेको छ । 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved