लुम्बिनी विकास बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2023 | 10:13:05 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४.५० प्रतिशत नगद लाभांश गरि कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ३८ करोड २८ लाख २१ हजार रहेको छ । 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved