बल्खुमा ट्रेडमल बनाईरहेको आदर मल्टि ईन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2023 | 09:06:27 AM मा प्रकाशित

laxmi  sunrise bank

 आदर मल्टि ईन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित पुस २८ गते साधारणसभा आह्वान गरेको हो ।

महाबौद्ध क्षेत्रमा बसेर बिशेष गरी चिनिया सामानको थोक व्यापार गर्ने ५२२ जना ब्यापारीको समान लगानीमा यो कम्पनी स्थापना भएको हो । यो सम्भवत एसिया महादेशकै पहिलो End User Based Crowd Funded Project भएको कम्पनीको दाबी छ।

 आदर बचत तथा ऋण सहकारी संस्थामा इच्छुक व्यापारीहरुलाई आवद्ध गराएर यो कम्पनी खोलिएको हो। कम्पनीले बैंकसँगको सहकार्यमा एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको कम्पनी तथा उनको परिवारका सदस्यको नाममा का.म.पा. १४, बल्खुमा भएको करीब ३६ रोपनी जग्गा खरीद गरेको छ। सोहि जग्गामा कम्पनीले आदर ट्रेड मल नामक व्यापारीक भवन निर्माण गर्दैछ । 

यस कम्पनीका अध्यक्ष यज्ञमुर्ति न्यौपाने हुन् भने कार्यकारी संचालक दीपेन्द्र घिमिरे हुन्।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved