नेपाल ल्युब ओइलको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2023 | 09:45:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ल्युब ओइल लिमिटेड (एनएलओ) ले  लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

कम्पनीले पुस २५ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १० गतेदेखि पुस २४ गतेसम्मका लागि लागि बुक क्लोजको मिति समेत तय गरेको छ। अर्थात पुस ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved