४ महिनामा विकास बैंकको नाफा १ अर्ब ६२ करोड, ४ वटा घाटामा (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2023 | 06:02:32 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ४ महिनामा विकास बैंकहरुले १ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आव २०८०/०८१ को साउन देखि कार्तिक मसान्तसम्ममा विकास बैंकहरुले उक्त रकम खुद नाफा आर्जन गरेका हुन् । 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यो अवधिमा १३ वटा बैंकहरुले खुद नाफा आर्जन गरेका छन् भने ४ वटा विकास बैंकहरुले घाटा व्यहोरेका छन् । सर्वाधिक खुद नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथले ४ महिनामा ३१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो पनि४ महिनामा वाणिज्य बैंकको खुद नाफा २१ अर्ब: नबिल शिर्ष स्थानमा, पछ्याउदै ग्लोबल र एनआईएमबी (सूचीसहित)

त्यसैगरी, साईन रेसुङ्गा डेभलपमेन्ट बैंकले २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने गरिमा विकास बैंकले २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यस्तै, लुम्बिनी डेभलपमेन्ट बैंकले १८ करोड १० लाख, महालक्ष्मी विकास बैंकले १७ करोड १५ लाख र कामना सेवा विकास बैंकले १७ करोड १० लाख रुपैयाँ खुद नाफ आर्जन गरेका हुन् । 

४ विकास बैंक घाटामा

सोहि अवधिमा ४ विकास बैंकहरु भने खुद घाटामा छन् । घाटामा रहेका बैंकहरुमा नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, सप्तकोशि विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् ।

यी मध्ये सबैभन्दा धेरै घाटा एक्सेलको रहेको छ।  ४ महिनामा एक्सेलको खुदघाटा  २० करोड ९० लाख रुपैयाँ रहेको छ । त्यसैगरी, सप्तकोशी को खुदघाटा ११ करोड ७० लाख, सालपाको खुद घाटा २ करोड १४ लाख र नारायणीको खुद घाटा १ करोड ६० लाख रुपैयाँ रहेको छ । 

हेर्नुस् कुन विकास बैंकको खुद नाफा/घाटा कति ?

यो पनि : ४ महिनामा वाणिज्य बैंकको खुद नाफा २१ अर्ब: नबिल शिर्ष स्थानमा, पछ्याउदै ग्लोबल र एनआईएमबी (सूचीसहित)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved