फाइनान्स कम्पनीको ४ महिना: नाफा कमाउनेभन्दा घाटा हुने धेरै, कसले कति कमाए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2023 | 06:52:21 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ४ महिनामा नाफा कमाउनेभन्दा घाटा हुने फाइनान्स कम्पनीको संख्या धेरै भएको पाईएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ४ महिनाको अवधिमा फाइनान्स कम्पनीहरुले करिब आधा अर्ब घाटा व्यहोरेका छन् ।

 ४ महिनामा कुल१७ मध्ये ९ वटा फाइनान्स कम्पनी घाटामा छन् । उनीहरुको खुद घाटा ४६ करोड ६६ लाख रहेको छ । सबैभन्दा धेरै घाटा प्रोग्रेसिभ फाइनान्सको रहेको छ।  जसले यो अवधिमा १० करोड २० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । यसैगरी समृद्धि फाइनान्सलाई ९ करोड ३९ लाख र क्यापिटल मर्चेन्ट बैंककिङ एण्ड फाइनान्स ६ करोड ३२ लाख रुपैयाँ खुद घाटामा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । 

यसैगरी, गुवेश्वरी मर्चेन्ट बैंककिङ एण्ड फाइनान्स ५ करोड ३१ लाख, पोखरा फाइनान्सलाई ५ करोड १८ लाख र गुडविल फाइनान्सलाई ३ करोड ९७ लाख रुपैयाँ खुद घाटामा रहेका छन् ।

 ८ कम्पनी नाफामा 

यो अवधिमा ८ वटा फाइनान्स कम्पनीहरुले खुद नाफा आर्जन गरेका छन् । यस्तो नाफा आर्जन गर्नेको शिर्ष स्थानमा मन्जुश्री फाइनान्स रहेको छ । जसले यो ४ महिनामा ११ करोड ३९ लाख खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, गोर्खाज फाइनान्सले ५ करोड २० लाख तथा रिलायन्स फाइनान्सले ४ करोड ६८ लाख खुद नाफा आर्जन गरेका छन्। 

हेर्नुस् कुन कम्पनीको नाफा/घाटा कति ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved