५ तारे होटेल बनाएको बुढानीलकण्ठ हेरिटेज लिमिटेडले आइपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2023 | 08:52:58 AM मा प्रकाशित

laxmi  sunrise bank

बुढानीलकण्ठ हेरिटेज लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित पुस २७ गते साधारणसभा बोलाएको छ

कम्पनीले जारी पुंजीको १५ प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीले आईपीओ जारी गर्नको लागि प्रबन्धकपत्र र नियमावलीमा संशोधन देखि गर्नु पर्ने सबै आवश्यक कामको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव साधारणसभामा लैजाने भएको छ। 

यस कम्पनीले काठमाडौँको बुढानीलकण्ठमा पाँचतारे होटेल निर्माण गरेको छ । करिब १३ रोपनी क्षेत्रफलमा बनेको होटेल नौ तलाको रहेको छ  होटेलमा एक सय दुई कोठा रहनेछन् । दुई अर्ब ४० करोड रुपैयाँ लगानीमा होटेल बनेको हो।

 होटेलको व्यवस्थापनमा भारतीय कम्पनी लेमन ट्रीलाई भित्र्याइएको छ। । यो होटलमा शिक्षाविद् डा. राजेन्द्र केसी, व्यवसायीहरू बाबुकाजी कार्की, हरिप्रसाद पाठक, जलेश्वर पाण्डे, सिए दीपक पाण्डेय, अम्बिकाप्रसाद पौडेल, सिए नवराज बुर्लाकोटी, जनकप्रसाद भट्ट तथा दीपेन्द्र श्रेष्ठलगायत विभिन्न क्षेत्रमा कार्यरत टिमको संयुक्त लगानी रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved