प्रभु हेलिकप्टरले आईपीओ जारी गर्न चयन गर्यो बिक्री प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2023 | 05:41:34 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु हेलिकप्टर लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।

आज सम्पन्न बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा  प्रभु हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले ६ करोड ६० लाख शेयर पूँजी बराबरको रु.१०० अंकित दरको ६,६०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने भएको हो।  प्रभु हेलिकप्टर नेपालको पूँजी बजारमा आईपीओ निष्काशन गर्ने पहिलो हेलिकप्टर कम्पनी हुने छ ।

यस कम्पनी पर्यटन तथा नागरिक उडायन क्षेत्रमा सन् २००९ मा स्थापना भएको हो । हाल यस कम्पनीले एयर बस कम्पनी द्वारा निर्मित Airbus H125 र रोबिन्सन कम्पनी द्वारा निर्मित Robinson R66  हेलिकप्टरहरु  हवाई सेवा प्रदान गरिरहेको छ ।

कोभिड–१९ माहामारी पछि, पर्यटन क्षेत्रमा सुधार देखिकोले वायु सेवामा तिब्र गतिको माग भएकोले यस कम्पनीले पर्यटन क्षेत्रमा थप सेवाहरुको लागि बढ्दो आवश्यकता पूरा गर्न आगामी वर्षमा थप २ वटा नयाँ  हेलिकप्टर सञ्चालनमा ल्याउने योजना राखेको जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved