काठमाण्डौ ल्यानकोले आईपीओ निष्काशन गर्ने, एनआईशी एशिया क्यापिटलसँग सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 03:20:31 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डौ ल्यानकोले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले एनआईसी एशिया क्यापिटलको 'आइडिया टु आईपीओ' योजना अन्तर्गत आईपीओ निष्काशन गर्ने गरि क्यापिटलसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार काठमाण्डौ ल्यानको प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा आईपीओ निष्काशन गरिने छ। यसको लागि एनआईसी एशिया क्यापिटलले निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्ने छ।

एनआईसी एशिया क्यापिटलले “आईडीया टु आईपीओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । सोही सेवा अन्तर्गत तीनधारा मार्ग काठमाण्डौ, नेपालमा रजिष्ट्रार कार्यालय रहेको काठमाण्डौ ल्यानको प्रा.लिले क्यापिटलको  सेवा अन्तर्गत आईपीओ निष्काशन गर्न सम्झौता गरेको हो।

काठमाण्डौ ल्यानको प्रा.लि. संगठित आवास, अपार्टमेन्ट निर्माण गर्ने तथा व्यवसायीक घर जग्गा कारोबार गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको एक प्रमुख रियल इस्टेट विकास कम्पनी हो । हाल उक्त कम्पनीले भैंसेपाटी, काठमाण्डौमा २३ रोपनी क्षेत्रफलमा व्यवस्थित भिलाहरु निर्माण गर्न लागेको छ । जस मध्ये पहिलो चरणमा ३३ वटा भिला निर्माण गर्नको लागि काठमाण्डौ उपत्यका विकास प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त गरी निर्माणको चरणमा रहेका छन् भने दोश्रो चरणमा अपार्टमेन्ट भवन निर्माण गर्न आवश्यक कार्य अगाडी बढाएको छ ।

कम्पनीले भनेको छ 'काठमाण्डौ ल्यानकोले आवासीय परियोजनाहरुको अतिरिक्त काठमाण्डौ उपत्यका भित्र र उपत्यका बाहिर उच्च गुणस्तरीय स्तरका भवन निर्माण गर्ने लक्ष्य सहित उच्च व्यवसायीक क्षमता हासिल गरेका संचालक, संस्थापक र संस्थागत लगानीकर्ताहरुको समूहबाट स्थापित संस्था भएको हुँदा आगामी दिनमा साना ठुला सबैं किसिमका व्यक्तिगत भिला तथा व्यवसायीक भवन निर्माणमा आफ्ना व्यवसाय तिब्र बिस्तार गरी नेपालको रियल इस्टेट विकास कम्पनीको रुपमा नम्बर वान कम्पनी बन्ने लक्ष्यका साथ अगाडी बढीरहेको छ। ' 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved