स्मार्ट डोर्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2024 | 07:37:38 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्ट डोर्स लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।

सम्झौतामा स्मार्ट डोर्सको तर्फबाट अध्यक्ष मिता मुरारका अग्रवाल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । 

कम्पनीले रु.२ करोड ८० लाख शेयर पूँजी बराबरको रु.१००÷– अंकित दरको २,८०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो । सन् २०७८ मा स्थापना भएकोे यस कम्पनीले नेपालमा विभिन्न प्रकारको ढोकाहरु उत्पादन तथा बिक्रि गर्दै आईरहेको छ । कम्पनीले जर्मनी प्रविधिका मेशिनहरुबाट गुणस्तरीय ढोकाहरु २५ बर्षिय वारेन्टीका साथ नेपालमै उत्पादन गर्दै आईरहेको जनाएको छ ।  कम्पनीद्वारा उत्पादित माईका ढोका, मेमरेन ढोका र थ्री डी ढोका विश्व भरी प्रसिद्ध रहेको कम्पनीले उल्लेख गरेको छ।

 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved