एपोलो हाईड्रोको आईपीओ नबिके मुक्तिनाथ क्यापिटलले किन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2024 | 01:38:15 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ क्यापिटलले एपोलो हाईड्रोपावरले सर्वसाधारणहरुमा निष्काशन गर्नेे १४,१०,००० कित्ता साधारण शेयरको प्रत्याभूति ब्यवस्थापन कार्य गर्ने भएको छ । उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कम्पनीको आईपीओ पुरै बिक्री नभएमा बिक्री नभएको शेयर मुक्तिनाथ क्यापिटलले सकार्ने छ । 

कम्पनीले निमार्ण गरी रहेको बुकु खोला जलविद्युत आयोजना ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका, सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका भई बग्ने बुकु खोलाको पानी उपयोग गरी ६ मे.वा. विद्युत उत्पादन क्षमता रहेको छ । यस कम्पनीले नेपाल विद्युत प्राधिकरण संग मिति २०७५ साल श्रावण २२ गते विद्युत खरिद सम्झौता गरी उक्त आयोजनाको निमार्ण कार्य ५५% सम्पन्न गरिसकेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved