१२ वर्ष अवधिको म्युचुअल फण्ड ल्याउँदै एनआईएमबि एस क्यापिटल, माघ २ बाट बिक्री खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2024 | 02:33:53 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईएमबि एस क्यापिटलले माघ २ गतेबाट एनआईबिएल स्टेबल फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु निष्काशन गर्दै छ । क्यापिटलले एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआईबिएल स्टेबल फण्ड नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्न लागेको हो । 

यस योजनाको आकार १ अर्ब  रहेको छ ।  क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्काशन गर्न लागेको हो ।  जस मध्ये १० लाख इकाई योजना ब्यबस्थापक एनआईएमबि क्यापिटल र १ करोड ४० लाख इकाई  कोष प्रबर्दक एनआइएमबि बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम १ करोड कित्ताको लागि दिन सकिने छ । यस इकाईमा  छिटोमा माघ ५ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा माघ १६ गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवधि १२ वर्ष रहेको छ ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved