रिलायन्स स्पिनिङ मिल्सले पनि बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न पायो अनुमति, मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 02:18:44 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स स्पिनिङ मिल्सले पनि बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले पुस १९ गते कम्पनीलाई अनुमति प्रदान गरेको हो ।

कम्पनीले सुरुमा योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गर्नको लागि अनुमति पाएको हो ।  सर्बसाधारणमा निष्काशन गरिने शेयरको ४० प्रतिशत  योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । रिलायन्स स्पिनिंग मिल्सले योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गर्ने छ । 

कम्पनीको शेयरको आशय मूल्य प्रति कित्ता ६०८ रुपैयाँ देखि ९१२ रुपैयाँसम्म रहेको छ । यस रेन्जमा रहेर योग्य संस्थागत लगानीकर्ताले कम्पनीको आईपीओमा आवेदन दिनु पर्ने छ ।  धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गर्नु पर्छ ।  सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । 

 योग्य  संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको शेयर बाँडफाँड भए पछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

पवन गोल्यान कम्पनीका कार्यकारी अध्यक्ष हुन् । कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा रहेको छ । कम्पनीले अन्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । २०५१ सालदेखि संचालनमा रहेको यस कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ । 

रिलायन्स स्पिनिङ मिल्स  बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने दोस्रो कम्पनी बनेको छ ।सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved