न्युज २४ टिभीले आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2024 | 09:11:57 AM मा प्रकाशित

laxmi  sunrise bank

न्युज २४ टिभी तथा अनलाइन संचालन गरिरहेको नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित मागह ७ गते साधारणसभा आह्वान गरेको छ ।

साधारणसभामा साधारण प्रस्तावका अतिरिक्त आईपीओ निष्काशन सम्बन्धि विभिन्न विशेष प्रस्ताव पेश हुने छन् । कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गरी प्रबन्धपत्रको दफा ६ संसोधन गर्ने प्रस्ताव सभामा पेश हुने छ। त्यस्तै प्रबन्धपत्रको दफा ६ (घ) र (ङ) संसोधन गरी सर्वसाधारण शेयरधनीलाई छुट्टाइएको शेयरको अनुपातमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ।

त्यस्तै शेयरको अंकित मूल्य संसोधन गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने ,  कम्पनीको साधारण शेयरहरु सर्वसाधारणलाई जारी गर्ने , साधारण शेयर जारी पश्चात् प्राप्त पूँजीको उपयोग सम्बन्धमा निर्णय गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ।

कम्पनीको साधारण शेयर जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश गरिने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved