सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2024 | 08:53:58 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज पुस २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफा  हालको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लगानीकर्तामा वितरण हुने छ । कम्पनीले माघ १४ गते साधारणसभा आह्वान गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड  रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved