घलेम्दी हाइड्रोको हकप्रद बाँडफाँड, ३२ लाख कित्ता लिलाममा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2024 | 09:02:16 AM मा प्रकाशित

laxmi  sunrise bank

घलेम्दी हाइड्रो लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । पुस २५ गते कम्पनीको संचालक समितिले शेयर बाँडफाँड गरेको बिक्री प्रबन्धक मुक्तिनाथ  क्यापिटलले जनाएको छ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको  १:२ को अनुपातमा २०० प्रतिशतले हुन आउने १ करोड १० लाख कित्ता हकप्रद शेयर निकाष्शनको गरेको थियो । जस मध्ये रितपूर्वक आवेदन दिने २८ हजार १  सय २१ जना शेयरधनीहरुलाई ७७ लाख ८२ हजार २ सय ७६ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। यस हिसाबमा कम्पनीको ३२ लाख १७ हजार ७ सय २४ कित्ता हकप्रद बिक्री भएको छैन । यो शेयर अब लिलाममा आउने छ । 

कम्पनीले हकप्रद भन्दा बढीको लागि आवेदन दिएका शेयरधनीहरुलाई पुस २९ गतेदेखि आईपीएस मार्फत आवेदकको बैंक खातामै रकम फिर्ता गरिने जनाएको छ । आफ्नो खातामा रकम जम्मा भए नभएको एकिन गर्न पनि कम्पनीले आग्रह गरेको छ ।  

कम्पनीले मङ्सिर १० गतेदेखि पुस १६ गतेसम्म हकप्रद बिक्री गरेको थियो  ।  हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला उर्जा लिमिटेडद्वारा प्रवद्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशत भन्दा बढी सेयर कायम हुनेगरी लगानी  गर्ने कम्पनीले जनाएको छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved