उपकार लघुवित्तको साधारणसभा सम्पन्न, २ संचालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 10:39:40 AM मा प्रकाशित

laxmi  sunrise bank
उपकार लघुवित्त वित्तीय संस्था लि.को पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोहलपुर स्थित होटल ट्रीटप ह्याभेनमा लघुवित्तकी अध्यक्ष शान्तिदेवी ढकालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०÷०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ । साथै सभाले संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट सि.ए.भगवती रेग्मी र सि.ए. निशा वाग्लेलाई निर्विरोध निर्वाचित समेत गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved