मंगलबार सबै बीमा कम्पनीहरुको शेयर मूल्य बढ्दा नेशनलाई लाईफ ईन्स्योरेन्सको मूल्य भने घटेको छ । शेयर बजार परिसूचक नेप्से २५.९३ अंकले बढेको बजारमा सूचिकृत मध्ये २५ वटा बीमा कम्पनीको मूल्य बढेको छ । तर, नेशनल लाइफको शेयर मूल्य भने ०.७३ प्रतिशतले घटेको छ ।
यस दिन निर्जीवन तर्फको उपसूचक २.३९ प्रतिशत र जिवन तर्फको उपसूचक ०.९६ प्रतिशतले बढेको छ । आज विकास बैंक पछि निर्जीवन बीमातर्फ लगानीकर्ताका आकर्षण देखिएको छ ।
निर्जीवन तर्फ सूचिकृत सबै कम्पनीको शयर मूल्य बढेको छ । सबैभन्दा धेरै सगरमाथा लुम्बिनिको शेयर मूल्य ४.३२ प्रतिशतले, नेपाल ईन्स्योरेन्सको ४.१७ र सिद्दार्थ प्रिमियर ईन्स्योरेन्सको ३.४२ प्रतिशतले बढेको छ ।
यता, सूचिकृत ११ जीवन बीमा कम्पनीको शेयर बढेको छ । सबैभन्दा धेरै रिलायबल नेपालको २.३३ प्रतिशतले बढेको छ । त्यसैगरी, प्रभु महालक्ष्मीको २.२० र सानिमा रिलायन्सको २.०३ प्रतिशतले शेयर मूल्य बढेको छ ।
पुनर्बीमा तर्फ नेपाल पुनर्बीमाको शेयर मूल्य ०.४६ प्रतिशत र हिमालयनको शेयर मूल्य ०.१७ प्रतिशतले बढेको छ ।