हिमालयन टाइम्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 05:47:45 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले साधारण शेयर प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई आइपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउन निष्काशत तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतामा हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृतले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार रु सात करोड बराबरको सात लाख कित्ता साधारण शेयर प्रति रु १००/- अंकित मूल्यका सर्वसाधारणलाई निष्काशन गरिनेछ ।

द हिमालयन टाइम्स (THT) सन् २००१ मा स्थापित भई अंग्रेजी भाषामा प्रकाशित गर्दै आएको राष्ट्रिय दैनिक पत्र-पत्रिकाहरु मध्ये एक हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved