विकास बैंक मध्ये मुक्तिनाथ र गरिमाको नाफा उच्च, ३ वटा घाटामा (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 06:12:20 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ५ महिनामा विकास बैंकहरुले २ अर्ब बढी खुद नाफा कमाएका छन् । साउनदेखि मसिंरको अन्त्यसम्ममा विकास बैंकहरुले २ अर्ब २६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । 

यसरी धेरै नाफा आर्जन गर्नेहरुमा शिर्ष स्थानमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथ विकास बैंकले यो अवधिमा ४५ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी धेरै नाफा आर्जन गर्नेको दोस्रो नम्बरमा छ गरिमा विकास बैंक । गरिमाले यो अवधिमा ३८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

यसैगरी साईन रेसुङ्गा डेभलपमेन्ट बैंक र लुम्बिनी डेभलपमेन्ट बैंकले क्रमशः ३० करोड २४ लाख र २४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

यो अवधिमा ३ वटा विकास बैंकहरुले घाटा व्यहोरेका छन् । घाटा व्यहोर्नेमा सालपा, सप्तकोशि र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् । सालपा २ करोड २१ लाख, सप्तकोशि ११ करोड ८२ लाख र एक्सेल २२ करोड ३ लाख रुपैयाँ खुद घाटामा रहेका छन् । 

कुन विकास बैंकको खुद/नाफा घाटा कति ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved