फाइनान्स कम्पनी मध्ये मन्जुश्रीको नाफा उच्च, ९ वटा घाटामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 07:10:55 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ५ महिनामा फाइनान्स कम्पनीहरुले ४६ करोड बढी घाटा व्योहोरेका छन् । साउनदेखि मसिंर अन्त्यसम्ममा फाइनान्स कम्पनीहरुले ४६ करोड ९७ लाख रुपैयाँ खुद घाटा व्यहोरेका हुन् । 

यसरी धेरै खुद घाटा व्यहोर्नेमा समृद्धि फाइनान्स रहेको छ । जसले यो ५ महिनामा १२ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेका हो । त्यसैगरी प्रोग्रेसिभ फाईनान्सले ११ करोड ७४ लाख र गुहेश्वरी मर्चेण्ड बैंकिङ एण्ड फाइनान्सले ४ करोड ८१ लाख रुपैयाँ घाटा व्यहोरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यो अवधिमा ९ वटा फाईनान्स कम्पनीहरुले घाटा व्यहोरेका छन् ।

त्यसैगरी ८ वटा फाईनान्सले नाफा आर्जन गरेको तथ्यांकले देखाउँछ । नाफा कमाउनेको शिर्ष स्थानमा मन्जुश्री फाइनान्स रहेको छ । जसले यो ५ महिनामा १४ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, रिलायन्स फाइनान्सले ३ करोड ९७ लाख खुद नाफा आर्जन गर्दा आईसीएफसी फाईनान्सले ३ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । 

कुन कम्पनीले कति नाफा घाटा हेर्नुस्




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved