सन सेक्युरिटिजद्वारा माघे सक्रान्तिको अवसरमा शेयर बजार सम्बन्धी तालिम सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2024 | 07:19:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सन सेक्युरिटिज प्रा.लि.ले माघे सक्रान्तिको अवसरमा सन सेक्युरिटिजको कार्यालयमा आज सोमबार लगानीकर्ताहरुलाई शेयर बजार सम्बन्धी निःशुल्क सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीका अनुसार शेयर बजार सम्बन्धी आधारभूत र प्राविधिक विश्लेषण अन्तरगतको क्याण्डल प्याटर्न सम्बन्धी २ वटा तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । तालिम कार्यक्रममा १५० जना लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।  

विहान ११ बजेदेखि १ बजेसम्म शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ। जसमा शेयर बजारको वर्तमान अवस्था, शेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । शेयर बजार यसको आधारभूत पक्ष सम्बन्धी यस तालिम कार्यक्रममा सन सेक्युरिटिजका रबि बुढाथोकी र संचित बज्राचार्यले तालिम प्रदान गरेका थिए । 

कम्पनीका अनुसार दिउँसो २ बजेदेखि ४ बजेसम्म शेयर बजारको प्राविधिक विश्लेषण अन्तरगत क्याण्डल विश्लेषण सम्बन्धी अर्को तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसअन्तगरत प्राविधिक विश्लेषण र यसको महत्व, प्राविधिक विश्लेषणमा प्रयोग हुने चार्टहरु, क्याण्डल चार्ट बन्ने विधि, क्याण्डका विभिन्न स्वपरुप र तिनीहरुको कारोबारमा हुने प्रयोग तथा यसको महत्व, क्याण्डलको ब्याक टेष्टिंग गर्ने विधि लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । प्राविधिक विश्लेषक सुशिल भट्टराईले प्राविधिक विश्लेषण सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेका थिए ।  

कार्यक्रमको अन्त्यमा लगानीकर्ता तथा प्रशिक्षार्थीहरुका कारोबार सम्बन्धी विभिन्न प्रश्न तथा जिज्ञासाहरुको साथ अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिएको थियो । अन्तरक्रियात्मक कार्यक्रम कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण गिरीले सञ्चालन गरेका थिए। कार्यक्रममा कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण गिरीले अब आउने शुक्रबार अर्थात माघ महिनाको पहिलो शुक्रबार लगानीकर्ताहरुबीच पेपर प्रेजेन्टेसन सहितको अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने र सो कार्यक्रममा लगानीकर्ताहरुले कारोबारका क्रममा भोगका विभिन्न अनुभव र जिज्ञासाहरु समेत आदान प्रदान गरिने बताए। उक्त अन्तरक्रियात्मक कार्यक्रममा इच्छुक जो कोही लगानीकर्ताहरु सहभागी हुन सक्ने समेत उनले बताए ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved