गरिमा क्यापिटलले ल्यायो नयाँ पीएमएस योजना, वार्षिक व्यवस्थापन शुल्क नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2024 | 05:51:18 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुका लागी नयाँ लगानी व्यवस्थापन सेवा योजना ल्याएको छ । यो योजना माघ १ गते देखि माघमसान्त सम्म मात्र लागू हुने क्यापिटलले जनाएको छ।

यो योजना अन्तर्गत लगानी व्यवस्थापन सेवामा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र ग्राहकहरुले सेवाबाट बाहिरिदा पनि बिना कुनै शुल्क बाहिरन सकिने सुविधा प्रदान गरेको छ । क्यापिटललेआफ्नो प्रदर्शनका आधारमा १० प्रतिशत मात्र कार्य सम्पादन शुल्क लिने जनाएको छ।

क्यापिटलले यो सेवा माघ मसान्त सम्म प्राकृतिक व्यक्तिहरुको लागि मात्र लागू गरेको छ । साथै, यो योजना उपभोग गर्न न्युनतम लगानी रकम र/वा शेयर दश लाखको हुनुपर्ने छ । यो योजना उपभोग गर्न इच्छुक ग्राहकहरुलेसिधै क्यापिटलमा सम्पर्क गरेर, गरिमा विकास बैंकका शाखा कार्यालयहरु मार्फत वा Whatsapp/Viber/Social Media बाट समेत सम्पर्क गरेर प्राप्त गर्न सकिने क्यापिटलले उल्लेख गरेको छ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो। यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य  ( डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु व्रmमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढाउने जानकारी समेत गराएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved