शेयरबजारमा करेक्सन: पौने १० अर्बको कारोबार, ३ कम्पनीमा पोजेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2024 | 03:10:01 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार शेयरबजारमा करेक्सन आएको छ । आज शेयरबजार परिसूचक नेप्से १२.१० अंकले घटेर २१६३.०६ को बिन्दुमा पुगेर रोकिएको छ 

आज कारोबारमा आएका ३०० कम्पनीका ३ करोड ३५ लाख २५ हजार ७ सय २ कित्ता शेयर खरिद बिक्रीबाट ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८ सय ६८ रुपैयाँ ६१ पैसाको कारोबार भएको छ । आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ६५ करोड ८४ लाखको कारोबार भएको छ । त्यस्तै ङादी ग्रुप पावरको ३३ करोड १६ लाख, सोनापुर सिमेन्टको २९ करोड ८२ लाख, मुक्तिनाथ कृषि कम्पनीको २४ करोड ५० लाख तथा निफ्राको २३ करोड ८९ लाखको कारोबार भएको छ 

आज कारोबारमा आएका मध्ये ग्लोबल आईएमई लघुवित्त र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ 

आज इस्टर्न हाइड्रो र भूगोल इनर्जी डेभलपमेन्टको शेयर मूल्य १० प्रतिशत घटेको छ । त्यस्तै मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य ९.९५ प्रतिशत र दोलती पावर कम्पनीको शेयर मूल्य ८.६५ प्रतिशत घटेको छ । 

आज कारोबारमा आएका मध्ये बैंकिंग, विकास बैंक, लघुवित्त र अन्य बाहेकका सम्पूर्ण समुहगत सूचक घटेका छन् । आज फाइनान्स समुह सर्वाधिक ३.५१ प्रतिशत र हाइड्रो समुह २.८० प्रतिशत घटेको छ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved