शेयरबजार बढ्नुको परिणाम: मङ्सिरको तुलनामा पुसमा उठ्यो दोब्बर भन्दा बढी पुँजीगत लाभकर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2024 | 05:22:13 PM मा प्रकाशित

laxmi  sunrise bank

मङ्सिर महिनाको तुलनामा पुस महिनामा पुँजीबजारबाट दोब्बर भन्दा बढी पुँजीगत लाभकर संकलन भएको छ। पुस महिनामा शेयर लगानीकर्ताले कुल ७४ करोड ३९ लाख १३ हजार २ सय २९ रुपैयाँ ९६ पैसा पुँजीगत लाभकर संकलन भएको हो ।

मङ्सिरको तुलनामामा यो रकम दोब्बर भन्दा पनि धेरै हो । मङ्सिरमा ३० करोड ५३ लाख २४ हजार ७ सय ८३ रुपैयाँ २२ पैसा मात्र पुँजीगत लाभकर संकलन भएको थियो ।

पुसमा संकलन गरिएको कुल ७४ करोड ३९ लाख पुँजीगत लाभकर मध्ये १७ करोड २८ लाख ९९ हजार ८ सय ३५ रुपैयाँ २५ पैसा रकम व्यक्तिगत लगानीकर्ताबाट दिर्घकालिन लाभकर वापत उठेको हो । ५२ करोड ४४ लाख ७२ हजार १ सय ८७ रुपैयाँ ७५ पैसा व्यक्तिगत लगानीकर्ताबाट अल्पकालीन लाभकर वापत उठेको हो । यस अवधिमा संस्थागत लगानीकर्ताले तिरेको लाभकर भने ४ करोड ६५ लाख ४१ हजार २ सय ६ रुपैयाँ ९६ पैसा रहेको छ ।

शेयर लगानीकर्ताले दिर्घकालिन लाभकर वापत ५ प्रतिशत तथा अल्पकालीन लाभकर वापत ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन्  । पुसमा शेयर बजार बढ्दा सरकारले पाउने पुंजीगत लाभकर पनि बढेको हो  ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved