८ अर्बको कारोबार हुँदा २२ प्रतिशत हिस्सा हिमालयन रिइन्स्योरेन्सको, ४ कम्पनीमा पोजेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2024 | 03:29:12 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज बिहिबार शेयरबजार परिसूचक नेप्सेमा सामान्य करेक्सन आएको छ । आज नेप्से सूचक ७.२४ अंकले घटेर २१५५.८२ को बिन्दुमा पुगेर रोकिएको छ 

आज कारोबारमा आएका २९८ कम्पनीका २ करोड ११ लाख २५ हजार ७ सय ७६ कित्ता शेयर खरिद बिक्रीबाट ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २ सय ८२ रुपैयाँ ९७ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार ३ सय २८ रुपैयाँ ५० पैसाको कारोबार भएको छ । कुल कारोबारको २२.५५ कित्ता हिस्सा हिमालयन रिइन्स्योरेन्सको रहेको छ । हिमालयन रिइन्स्योरेन्सपछि सर्वाधिक कारोबार हुनेमा सोनापुर सिमेन्ट रहेको छ, जसको कुल ३० करोड १८ लाखको कारोबार भएको छ 

आज कारोबारमा आएका मध्ये रिडी पावर, सिनर्जी पावर, महुली लघुवित्त, र गणपति लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ। आज तेह्रथुम पावरको शेयर मूल्य सर्वाधिक ७.४३ प्रतिशतले घटेको छ भने ग्लोबल आईएमई लघुवित्तको शेयर मूल्य ७.३० प्रतिशत र थ्री स्टार हाइड्रोको शेयर मूल्य ७.१९ प्रतिशतले घटेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved