माछापुच्छ्रे बैंकले ६ महिनामा कमायो ८० करोड ५३ लाख खुद नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2024 | 09:36:55 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा  माछापुच्छ्रे बैंकको खुद नाफा घटेको छ । यस अवधिमा बैंकको खुद नाफा ८० करोड ५३ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा २१.४५ प्रतिशत कम हो। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब बढी थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड कायम भएको छ । संचालन आम्दानी ६.६७ प्रतिशतले घटेर ३ अर्ब ३४ करोड कायम भएको छ भने संचालन मुनाफा १३.१९ प्रतिशतले घटेर १ अर्ब २७ करोडमा सिमित भएको छ । पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा पनि ऋणात्मक रहको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहेको हो। 

११ अर्ब ६२ करोड चुक्ता पुंजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २२ करोड रहेको छ । बैंकको कुल निक्षेप १ खर्ब ५२ अर्ब ४८ करोड रहेको छ भने कुल कर्जा प्रवाह १ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको जगेडा कोष, निक्षेप र कर्जा पनि घटेको हो 

बैंकको प्रति शेयर आम्दानी पनि घटेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी  १३ रुपैयाँ ८६ पैसा कायम भएको छ। बैंकको खराब कर्जा १.४१ प्रतिशतबाट बढेर २.६२ प्रतिशत पुगेको छ  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved