शेयरबजारमा दोहोरो अंकको गिरावट, हिमालयन रिइन्स्योरेन्सको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2024 | 03:13:53 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक २५.६३ अंकले घटेर २१३०.१८ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३०८ कम्पनीका २ करोड २८ लाख २० हजार २ सय ७९ कित्ता शेयर खरिद बिक्रीबाट ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँ ०४ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ५६ करोड ७९ लाखको कारोबार भएको छ । त्यस्तै हिमाला दोलखा हाइड्रो २२ करोड ९१ लाख, अपि पावरको २० करोड ८२ लाख, नेपाल पुनर्बीमा कम्पनीको २० करोड १३ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका आँखखोला जलविद्युत कम्पनी र समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ । त्यस्तै हिमालयन लघुवित्तको शेयर मूल्य ९.९४ प्रतिशत तथा मिड सोलु हाइड्रोको शेयर मूल्य ९.७८ प्रतिशत बढेको छ । त्यस्तै शिवश्री हाइड्रोको शेयर मूल्य ७.४२ प्रतिशत बढेको छ ।

आज  सीईडिबि हाइड्रोको शेयर मूल्य सर्वाधिक ८.२७ प्रतिशत घटेको छ भने मोलुंग हाइड्रोको शेयर मूल्य ७.२६ प्रतिशत घटेको छ । त्यस्तै बाराही हाइड्रोको शेयर मूल्य ६.२५ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये हाइड्रो समुह ०.२० प्रतिशत र अन्य समुह १.३८ प्रतिशत बढेको छ । यी बाहेकका अंकि सबै समुहगत सुचक घटेका छन् । आज बैंकिंग समुह २.४२ प्रतिशत, विकास बैंक समुह २.६१ प्रतिशत र फाइनान्स समुह २.५५ प्रतिशत घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved