संस्थापक शेयरको लकइन अवधिबारे निफ्राले पार्यो थप प्रष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2024 | 05:27:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राले संस्थापक शेयरको लकइन अवधिबारे थप प्रष्ट पारेको छ । बैंकको संस्थापक शेयरहरुको लक इन अवधि (Lock in Period) समाप्त हुने बारेको सूचना प्रकाशित भएको र सो सम्बन्धमा विभिन्न माध्ययमबाट फरक फरक बुझाईहरु प्राप्त भएको भन्दै बैंकले यो विषयलाई थप प्रष्ट पारेको हो।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११(१) को व्यवस्था बमोजिम बैंकको संस्थापक शेयरहरु कारोबार संचालन गरेको कम्तीमा पाँच वर्ष नपुगेसम्म संस्थापकले विक्री गर्न वा धितो बन्धक राख्न नपाउने गरी लक इन अवधि तोकिएकोमा त्यस्तो लक इन अवधि समाप्त हुनु भन्दा कम्तीमा १ महिना अगावै सो को सूचना सरोकारवालाहरुलाई दिनुपर्नेछ भनि नेपाल धितोपत्र बोर्डको पत्र संख्या ८० / ८१, चलानी नं. १५२३ मिति २०८०/०८/२५ गतेको पत्रबाट निर्देशन भए बमोजिम उल्लेखित सूचना जारी गरेको बैंकले जनाएको छ। 

यसरी संस्थापक शेयरहरुको लक इन अवधि समाप्त भए पश्चात पनि संस्थापक शेयरहरुको कारोबार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११ मा भएको व्यवस्था अनुरुप आवश्यक स्वीकृती नेपाल राष्ट्र बैंकबाट प्राप्त गरी सोही समुह (संस्थापक) मा रहने गरी मात्र हुन सक्ने बैंकले प्रष्ट पारेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved