बिहिबार हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार उच्च, सामलिङ पावरमा पोजेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2024 | 03:19:02 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन बिहिबार शेयर बजार परिसूचक घटेको छ। आज नेप्से सूचक ३.९४ अंकले घटेर २०८४.०९ को बिन्दुमा पुगेको छ 

आज कारोबारमा आएका ३०४ कम्पनीका १ करोड १६ लाख ८९ हजार ९ सय ५५ रुपैयाँको कारोबार भएको छ । जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक २८ करोड ६७ लाखको कारोबार भएको छ । 

आज कारोबारमा आएको मध्ये सामलिङ पावरको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशत बढेको छ भने मिड सोलु हाइड्रोको शेयर मूल्य ८.७९ प्रतिशत बढेको छ । त्यस्तै इन्फिनिटी लघुवित्तको शेयर मूल्य ८.१२ प्रतिशत तथा नेपाल हादिरो डेभलपरको शेयर मूल्य ७.०१ प्रतिशत बढेको छ 

आज सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य सर्वाधिक ५.०३ प्रतिशत घटेको छ । त्यस्तै धौलागिरी लघुवित्तको शेयर मूल्य ४.३५ प्रतिशत, महुली लघुवित्तको शेयर मूल्य ४.१० प्रतिशत र तेह्रथुम पावरको शेयर मूल्य ४.०५ प्रतिशत घटेको छ 

आज कारोबारमा आएका मध्ये बैंकिंग, विकास बैंक, फाइनान्स, ट्रेडिङ, र म्युचुअल फण्ड समुहको समुहगत सूचक बढेको छ भने बाँकि समुहको समुहगत सूचक घटेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved