नेपाल पेमेन्ट सोल्युशनले आईपीओ निष्काशन गर्ने, एलएस क्यापिटल बिक्री प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2024 | 05:18:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले आइपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ ।कम्पनीले लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल )  लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौतापत्रमा नेपाल पेमेन्ट सोल्युशन लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोक राज शर्मा तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ३,०५,६०० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।

नेपाल पेमेन्ट सोल्युशन लिमिटेड नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved