१७ वटा बीमा कम्पनीको शेयर मूल्य घट्दा ६ वटाको बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2024 | 05:25:47 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार शेयर बजार परिसूचक नेप्से संगै बीमा तथा निर्जीवन बीमा समुहको सूचक पनि घटेको छ।  आज जीवन बीमा समुहको सूचक ४५.९० अंक र निर्जीवन बीमा समुहको सूचक ४७.३३ अंकले घटेको छ । 

सुचिकृत २४ वटा बीमा कम्पनीहरुमध्ये १५ वटाको भाउ घटेको छ । त्यसैगरी ६ वटाको भाउ बढ्दा ३ वटा कम्पनीको भाउ यथावत रहेको छ । जीवनतर्फ २ वटाको मूल्य बढ्दा ९ वटाको मूल्य घटेको छ । यस समुह तर्फ एउटा कम्पनीको शेयर भाउ स्थिर छ। यता निर्जीवन बीमा तर्फ ४ वटाको भाउ बढ्दा ६ वटा कम्पनीको भाउ घटेको छ भने २ वटाको शेयर भाउ यथावत रहेको छ ।

आज जीवन बीमातर्फ सुर्यज्योति लाईफको शेयर मूल्य सर्वाधिक १.५४ प्रतिशत घटेको छ ।  यस्तै, निर्जीवन बीमातर्फ सानिमा जीआईसीको शेयर मूल्य ३.१४ प्रतिशत घटेको छ । 

आज जीवन बीमा तर्फ नेशनल लाईफको शेयर मूल्य सर्वाधिक ०.२८ प्रतिशत र निर्जीवन बीमा समुह तर्फ प्रभु ईन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक १.६१ प्रतिशत बढेको छ । 

आज पुनर्बीमा तर्फ हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य १.५५ प्रतिशत घटेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयर मुल्य ०.१२ प्रतिशत घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved