९६ प्रतिशतले बढ्यो आइएमई लाइफको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2024 | 11:19:14 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ९६.१३ प्रतिशतले बढेको छ ।   गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ११ करोड ९६ लाख रहेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा  कम्पनीको खुद नाफा बढेर २३ करोड ४७ लाख २५ हजार रुपैयाँ पुगेको हो। 

यो अवधिमा कम्पनीले १० अर्ब ६१ करोड ६३ लाख रुपैयाँ दिर्घकालिन लगानी गरेको छ । त्यसैगरी अल्पकालिन लगानी २ अर्ब ८६ करोड गरेको छ । हाल कम्पनीको प्रति शेयर आम्दानी ११.४७, पीई रेसियो ४७.२९ र नेट वर्थ १७७.२७ रहेको छ । कम्पनीको चुँक्ता पुँजी ४ अर्ब रहेको छ ।

चालू आर्थिक वर्षको त्रैमाससम्म कम्पनीले २ अर्ब १० करोड ८२ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १२.३३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११.२० प्रतिशत बढी हो । 

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम सिर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १५ करोड ३५ लाख रुपैयाँ र संचित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved