बढ्यो शेयरबजार: हाइड्रोमा लगानीकर्ताको आकर्षण, चन्द्रागिरीका लगानीकर्ताले सर्वाधिक गुमाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2024 | 03:16:16 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक १०.३७ अंकले बढेर २०९४.४६ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३०६ कम्पनीका १ करोड ७ लाख ५१ हजार १ सय ६४ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८० रुपैयाँ ७६ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ३३ करोड ५३ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये मिड सोलु हाइड्रो र माथिल्लो मैलुङ खोला हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै सामलिङ पावरको शेयर मूल्य ९.९८ प्रतिशत र हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य ८.७३ प्रतिशत बढेको छ ।

आज चन्द्रागिरी हिल्सको शेयर मूल्य सर्वाधिक ९.८६ प्रतिशत घटेको छ भने इन्फीनीटी लघुवित्तको शेयर मूल्य ६.४० प्रतिशत घटेको छ । त्यस्तै मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य ५.१९ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य ३.३६ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये बैंकिंग, होटेल तथा टुरिजम , उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समुहको समुहगत सूचक घटेका छन् । आज हाइड्रो समुह सर्वाधिक १.३३ प्रतिशत बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved