२१०० माथि बन्द भयो शेयरबजार: ३ हाइड्रोमा पोजेटिभ सर्किट, हिमालयन रिको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2024 | 03:13:26 PM मा प्रकाशित

laxmi  sunrise bank

आज शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक १०.२६ अंकले बढेर २१०४.७२ को बिन्दुमा रोकिएको छ ।

आज कारोबारमा आएका ३११ कम्पनीका १ करोड २३ लाख २२ हजार ७ सय ५ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २ सय ३० रुपैंया ८२ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ६० करोड १६ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये युनियन हाइड्रोको शेयर मूल्य १० प्रतिशत, अरुण भ्याली हाइड्रोको शेयर मूल्य ९.९९ प्रतिशत र मिड सोलु हाइड्रोको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । त्यस्तै बिन्धवासिनी हाइड्रोको शेयर मूल्य ८.७० प्रतिशत र अपर स्यांगे हाइड्रोको शेयर मूल्य ८.४३ प्रतिशतले बढेको छ।

आज कारोबारमा आएका मध्ये सर्वाधिक गुमाउनेमा ऋणपत्र र म्युचुअल फण्डका इकाई रहेका छन् ।शेयर तर्फ आज महुली लघुवित्तको शेयर मूल्य सर्वाधिक ३.४६ प्रतिशत घटेको छ ।

आज बैंकिंग , लघुवित्त, र निर्जीवन बीमा बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये अन्य समुह सर्वाधिक १.६४ प्रतिशत र हाइड्रो म्सौह १.०८ प्रतिशत बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved