सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेकालाई निष्काशन गरेको आईपीओ बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2024 | 09:28:23 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्ट लिमिटेडले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ ।  बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार यस निष्काशनमा कुल ३३ हजार ८ सय २४ जनाको आवेदन परेको थियो । जस मध्ये १४ जनाको आवेदन रद्द भएको र कुल ३३ हजार ८ सय १० जना मात्र शेयर पाउन योग्य रहेका थिए । माग भन्दा बढीको आवेदन परेकोलेगोलाप्रथबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ५ हजार ३ सय ४० जनाले ५० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । 

सर्वोत्तम सिमेन्टले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गरेको हो । बुक विल्डिंगको नियममा नै न्युनतम ५० कित्ता शेयर बाँडफाँड गर्नु पर्ने व्यवस्था रहेकोले गोलाप्रथाबाट न्युनतम ५० कित्ता शेयर पर्ने गरि बाँडफाँड गरिएको हो । आईपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, मेरोशेयर र सिडीएसले आईपीओ नतिजाको लागि संचालक गरेको वेबसाइटबाट हेर्न सकिन्छ । 

कम्पनीले पुस २५ गते देखि माघ १९ गतेसम्म  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले प्रति शेयर ३६० रुपैयाँ ९० पैसा मा शेयर निष्काशन गरेको हो  ।

  कम्पनीले हाल उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिरहेको छ।  उद्योग प्रभावित स्थानीयले  माघ २५ गतेसम्म आवेदन दिन सक्ने छन् । त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ  । 

उद्योग/खानी प्रभावितको रुपमा निम्न स्थानका स्थानीयले आवेदन दिन पाउने छन् ।

 नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६, ११ र १३ (साविक सुनवल नगरपालिकाको वडा नं. ३, वडा नं. ४, वडा नं. ५ वडा नं. ६ साविक धुरकोट गा.वि.स.को वडा नं. ६ र साविक रामनगर गा.वि.स.को वडा नं. २, ४, ५, ६ र ७) ।

 खानी उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २ (साविक सिद्धेश्वर गा.वि.स. का वडा नं. १, २, ४, ६, ७, ८, ९ र साविक सोमाबी गा.बि.स.को वडा नं. १ र २), रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६ (साविक वेउराली गा.वि.स. वडा नं. ३, ४, ५, ६ र ७, साविक खस्यौली गा.वि.स. वडा नं. २, ४, ५, ६ र ७, साबिक भैरवस्थान गा.वि.स. वडा नं. ३, ४, ६ र ७ र साविक ठिमुरे गा.वि.स. वडा नं. ३, ८ र ९), तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३ (साविक कचल गा.वि.स. का १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु र साविक दोभान गा.वि.स. का वडा नं. १, २, ३, ४, ५, ६, ७ र ९), मायागढी गाउँपालिकाको वडा नं. ७ र ८ (साविक रहह्यास गा.वि.स. र साबिक बहादुरपुर गा.वि.स.का सम्पूर्ण वडाहरु) र निस्वी गाउँपालिकाको वडा नं. ७ (साविक ज्यामिरे गा.वि.स.का सम्पूर्ण वडाहरु ) मा बसोबास गर्ने स्थानीय बासिन्दाहरु । 

 यो पनि : नागरिक लगानी कोषले सर्वोत्तम सिमेन्टको ४ लाख कित्ता शेयर पायो, अन्यले कति ? (सूचीसहित) 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved