शेयरबजारमा दोहोरो अंकको गिरावट, हिमालयन रिको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2024 | 03:14:09 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २१.६७ अंकले घटेर २०९७.९३ को बिन्दुमा पुगेर रोकिएको छ 

आज कारोबारमा आएका ३१३ कम्पनीका १ करोड ४७ लाख ७७हजर् १ सय २० कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँ ४८ पैसाको कारोबार भएको छ । जस मध्ये आज हिमालयन रिइन्स्योरेन्सको आज सर्वाधिक ६३ करोड ८७ लाखको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट कम्पनीको २६ करोड १ लाखको कारोबार भएको छ 

आज कारोबारमा आएका मध्ये सामलिङ पावरको शेयर मूल्य सर्वाधिक ९.८७ प्रतिशत बढेको छ भने मन्दाकिनी हाइड्रोको शेयर मूल्य ९.६७ प्रतिशत बढेको छ । त्यस्तै पिपुल्स पावरको शेयर मूल्य ७.६७ प्रतिशत बढेको छ भने रावा इनर्जीको शेयर मूल्य ५.०५ प्रतिशत बढेको छ 

आज मेन्छियाम हाइड्रोको शेयर मूल्य ५.८७ प्रतिशत घटेको छ भने स्वाभिमान लघुवित्तको शेयर मूल्य ५.७८ प्रतिशत घटेको छ। त्यस्तै अपर स्यांगेको शेयर मूल्य ५.१५ प्रतिशत घटेको छ 

आज उत्पादन तथा प्रशोधन बाहेकका सबै समुहग सूचक घटेका छन् । जसमा होटेल समुह सर्वाधिक २.०४ प्रतिशत घटेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved