सन नेपाल लाईफको खुद नाफा ७ प्रतिशतले घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2024 | 11:15:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाईफ ईन्स्योरेन्सको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा चालु आवको सोहि अवधिमा कम्पनीको नाफ ७.२२ प्रतिशतले घटेको हो । 

कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३५ करोड ३९ लाख ७५ हजार रुपैयाँ खुद नाफ आर्जन गरेको थियो । यस्तो नाफा घटेर चालु आवको सोहि अवधिमा ३२ करोड ८४ लाख ५ हजार रुपैयाँ आर्जन भएको छ । 

यसैगरी कम्पनीको यो अवधिमा व्यपार पनि घटेको छ । गत वर्षको यो अवधिमा कम्पनीले १ अर्ब ९६ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । चालु आवमा १ अर्ब ७७ करोड ९५ लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन गरेको छ । यो गत आवको तुलनामा ९.४३ प्रतिशत कम हो । 

यो अवधिमा कम्पनीले दाबी भुक्तानीमा उल्लेखनीय सुधार गरेको छ । वर्षको तुलनामा यस वर्ष कम्पनीले ४४.४२ प्रतिशत बढी दावी भुक्तानी दिएको छ । गत वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले कुल ३७ करोड ८४ लाख १६ हजार रुपैयाँ दावी भुक्तानी दिएको थियो । तर, यस बर्ष उक्त यस्तो भुक्तानी ५४ करोड ६५ लाख ४४ हजार रुपैयाँ दिएको छ । 

कम्पनीको प्रतिशेयर आम्दानी २०.५२, नेटवर्थ १८७.०४, पीई रेशियो २८.०९ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३९९.८१ रहेको छ । 

कम्पनीको चुँक्ता पुँजी हाल ३ अर्ब २० करोड रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved