सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2024 | 10:06:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ  ।  कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ११ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी रु. २ अर्व ८० करोड ६५ लाख ४९ हजार ९ सयको ११ प्रतिशतले हुन आउने रकम रु.३० करोड ८७ लाख २० हजार ४ सय ८९ रुपैया (नगद लाभांसमा लाग्ने कर समेत ) नगद लाभांस प्रस्ताव वितरण गर्ने प्रस्ताव गरेको हो । 

 नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved