सूर्यज्योति लाईफ इन्स्योरेन्सको नाफामा उछाल, बीमा शुल्क संकलन पनि बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2024 | 01:43:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्यज्योति लाईफ ईन्स्योरेन्सको नाफा ह्वात्तै बढेको छ । साविको ज्योति लाईफ र सूर्य लाईफ मर्ज भएर बनेको यस कम्पनीको नाफा चालु आर्थिक वर्षको दास्रो त्रैमाससम्म ह्वात्तै बढेको हो । 

गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले १४ करोड ५२ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको सोहि अवधिमा यस्तो नाफा ६२.९३ प्रतिशतले बढेको छ । चालु आवको सोहि अवधिमा कम्पनीले २३ करोड ६६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

यस अवधिमा कम्पनीले कुल बीमाशुल्क संकलन पनि बढाएको छ । गत आवमा कम्पनीले २ अर्ब ६८ करोड १७ लाख ९० हजार रुपैयाँ कुल बीमाशुल्क संकनल गरेको थियो । कम्पनीले यस्तो शुल्क चालु आवको सोहि अवधिमा ४ अर्ब २८ करोड ३५ लाख १३ हजार रुपैयाँ संकलन गरेको छ । 

यो अवधिका कम्पनीले जीवन बीमा कोषमा रकम बढाएको छ । कम्पनीको उक्त फण्डमा गत आवको दोस्रो त्रैमाससम्म २४ अर्ब ९ करोड ६ लाख रुपैयाँ थियो । चालु आवको सोहि अवधिमा यस्तो उक्त फण्डको रकम २६.६८ प्रतिशतले बढेको छ । हाल सो फण्डमा ३० अर्ब ५१ करोड ६९ लाख रुपैयाँ रहेको छ । 

यसैगरी कम्पनीले यो अवधिमा लगानी पनि बढाएको छ । गत वर्षको तुलनामा कम्पनीले २९.२४ प्रतिशतले लगानी बढाएको हो । गत वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले कुल २५ अर्ब ९५ करोड ४१ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको थियो । चालु आवको दास्रो त्रैमासम्म आईपुग्दा यस्तो लागनी बढेर ३३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ । 

हाल ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ चुँक्ता पुँजी रहेको यस कम्पनीको पीई रेसियो ५१.८७ रहेको छ । त्यसैगरी, प्रति शेयर आम्दानी १०.४१ रुपैयाँ र नेट वर्थ १६५.१५ रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved