१६.९१ प्रतिशतले बढ्यो नेशनल लाइफको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 09:35:30 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेशनल लाइफ इन्स्योरेन्सको खुद नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा १६.९१ प्रतिशत बढेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले २५ करोड ५१ करोड खुद नाफा कमाएको छ । आघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा २१ करोड ८२ लाख थियो ।

यस अवधिमा कम्पनीको प्रिमियम संकलन ११.३२ प्रतिशतले बढेर ८ अर्ब ३८ करोड पुगेको छ । त्यस्तै कम्पनीले दिएको दाबी भुक्तानी पनि १२ अर्ब ३३ करोडले बढेर ९ अर्ब ४४ करोड पुगेको छ ।हाल कम्पनीको चुक्ता पुंजी ५ अर्ब १ करोड रहेको छ ।

यस अवधिमा कम्पनीमा प्रति शेयर आम्दानी १० रुपैयाँ १८ पैसा, प्रति शेयर इतवर्थ १३२ रुपैयाँ २१ पैसा, र पीई रेसियो ५९.२१ गुणा रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved