हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2024 | 09:50:56 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ  ।  कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी १० अर्ब रहेको छ ।  

कम्पनीले ४ प्रतिशतले हुन आउने ४० करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशतले हुन आउने २ करोड १० लाख ५२ हजार ६ सय ३१ रुपैयाँ ५८ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

  नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved