सूर्यज्योति इन्स्योरेन्सले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2024 | 09:49:12 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्यज्योति इन्स्योरेन्सले आ.व. २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको फागुन १० गते सम्पन्न संचालक समितिको बैठकले आ.व. २०७९/८०  मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको हो । 

बैठकले २०८० /३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेस गर्ने निर्णय गरेको हो । 

 साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को आर्थिक वर्ष २०७९ / ०८० को मिति २०७९ श्रावण १ देखि २०७९ पौष ६ गते सम्मको वित्तिय विवरण अनुसार मुनाफा रहेको र सो मुनाफा रकम जगेडा कोषमा राख्ने एवं साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को पूँजी, रिजर्भ, लगानी रकम, जीवन बीमा कोष लगायत सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा समायोजन गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved