आजदेखि हकप्रद बिक्री गर्दै अरुण भ्याली हाइड्रो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2024 | 08:24:53 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर कम्पनीले आज फागुन १७ गतेदेखि हकप्रद बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुंजीको  १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गरेको हो। 

कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता शेयर निष्काशन गरेको  छ । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले चैत्र ७ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् ।

  कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले माघ १४ गतेसम कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रद आवेदन दिन सक्ने छन्।  नेपाल धितोपत्र बोर्डले पुस १९ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved