सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2024 | 09:50:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज चैत्र १२ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

कम्पनीले चैत्र २७ गते काठमाडौँ स्थित अमृतभोग क्याटरिङमा सभा आह्वान गरेको छ। कम्पनीको सभामा लाभांश सहितका विविध रस्ताव पेश हुने छन् । 

कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुंजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजारको ५ प्रतिशत  नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved