शेयरबजारमा दोहोरो अंकको गिरावट, सर्वोत्तम सहित २ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2024 | 03:18:30 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आज नेप्से सूचक १७.०१ अंकले घटेर २०३१.५५ को बिन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबारमा आएका ३०४ कम्पनीका ७० लाख ६१ हजार १२ कित्ता शेयर खरिद बिक्रीबाट २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४ सय ८५ रुपैयाँ ०८ पैसाको कारोबार भएको छ । जस मध्ये गोर्खाज फाइनान्सको सर्वाधिक २८ करोड ९० लाखको कारोबार भएको छ भने शिवम सिमेन्टको १३ करोड ७८ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका बोटलर्स नेपाल बालाजुको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने सर्वोत्तम सिमेन्टको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । त्यस्तै धौलागिरी लघुवित्तको शेयर मूल्य ९.६६ प्रतिशत, तारागाउँ रिजेन्सी होटेलको शेयर मूल्य ८.०४ प्रतिशत तथा सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य ७.४२ प्रतिशत बढेको छ ।

आज कारोबारमा आएका मध्ये किसान लघुवित्तको शेयर मूल्य १० प्रतिशत घटेको छ भने बुद्धभूमि नेपाल हाइड्रोको शेयर मूल्य ९.९९ प्रतिशत घटेको छ । त्यस्तै आत्मनिर्भर लघुवित्तको शेयर मूल्य ८.८२ प्रतिशत तथा गुराँस लघुवित्तको शेयर मूल्य ७.०१ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये होटेल समुह, उत्पादन तथा प्रशोधन समुह, म्युचुअल फण्ड समुह र ट्रेडिङ समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् । आज लघुवित्त समुह सर्वाधिक २.२५ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधन समुह सर्वाधिक २.१९ प्रतिशत बढेको छ ।

आज कारोबारमा आएका मध्ये २०३ कम्पनीको शेयर मूल्य घटेको छ भने ३८ कम्पनीको मूल्य बढेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved