धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया छिटो अघि बढाउन अर्थमन्त्रीको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2024 | 05:46:41 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन अर्थसचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिएका छन् । मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकको क्रममा मन्त्री पुनले बोर्डको नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन सचिव पुष्करलाई निर्देशन दिएका हुन् । 

‘लामो समयसम्म धितोपत्र बोर्डजस्तो नियामक निकाय नेतृत्वविही हुनु त्यति राम्रो होइन’, मन्त्री पुनले सचिव पुष्कारलाई निर्देशन दिँदै भने, ‘त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाउनुस् ।’

यस्तै मन्त्री पुनले पछिल्लो समय नियामक निकायले कार्यकारी निकायको शैलीमा कार्यसम्पादन गर्न थालेकामा चिन्ता जनाए । ‘नियामक निकायले कार्यकारीको काम गर्दा पनि पुँजीगत खर्च कम भएको छ । राज्यका कुन निकायले कुन काम गर्ने भन्ने संवैधानिक व्यवस्था छ’, पुनले भने, ‘नियामक निकाय रेफ्रीको भूमिकामा रहने हो । आफैं मैदानमा आएर कसैलाई एलो कार्ड देखाउने र कार्ड देखाउनै नपर्नेलाई कार्ड देखाउने काम नियामक निकायले गर्नुभएन ।’

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि डेढ दर्जन बढीको आवेदन परेको छ।  बोर्डको अध्यक्षका लागि आवेदन दिनेमा नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईं, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा. नबराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र कृष्ण पोखरेल छन् । 

नेपाल बैंकका पूर्व सीईओ कृष्ण बहादुर अधिकारी, नेप्सेका सीईओ कृष्ण बहादुर कार्की, नेप्सेकी कर्मचारी प्रबिण पन्दाकले पनि अध्यक्षको लागि आवेदन दिएका छन् । यस्तै आबेदन दिएका अन्य आवेदकमा सन्तोष नारायण श्रेष्ठ, डा गोपाल प्रसाद भट्ट, निरज गिरि, डा रघुराज काफ्ले, डा. केशब प्रसाद श्रेष्ठ, सुर्य प्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा बिमल कुमार तिवारी, राम कृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल रहेका छन्।  

बोर्डमा अध्यक्ष नियुक्तिको सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव र विज्ञ सदस्यका रुपमा उदय निरौला सदस्य रहेको सिफारिस समिति बनाइएको छ ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved