कहाँ पुग्यो नयाँ स्टक एक्सचेन्ज अध्ययन प्रक्रिया ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2024 | 06:23:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नयाँ स्टक एक्सचेन्जबारे अध्ययन गर्न बनाएको समितिले करिब ६५ प्रतिशत कार्य सम्पन्न गरेको जनाएको छ। समितिका संयोजक चिन्तामणि शिवाकोटीले ६० देखि ६५ प्रतिसत कार्य सकिएको जानकारी दिएका हुन् ।

बिजपाटीसँग कुरा गर्दै संयोजक शिवाकोटीले अध्ययनको ६० देखि ६५ प्रतिशत काम सकिएको र आफुहरु दिनरात काम गरिरहेको बताए । उनले काम छिटो सक्नु पर्ने दबाब रहेकोले अध्ययनको बाँकि काम तिब्र रुपमा सकेर छिट्टै प्रतिवेदन बुझाउने जानकारी दिए । 

गत माघ ९ गते बसेको मन्त्रिपरिषदको बैठकले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने वा नदिने विषयमा अध्ययन गर्न समिति गठन गरेको थियो ।  मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समिति सदस्यहरूमा अधिवक्ता सिजन गुरागाईं र चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार आचार्य रहेका छन् ।

 नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रस्ताव मन्त्रिपरिषदमा पुगेपछि सरकारले यसबारे अध्ययन गर्न समिति गठन गरेको हो। नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिने बाटो खुलाईदिन सरकारलाई पत्र लेखेको थियो । 

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लागि आवेदन खुलाएर आवेदन समेत लिइसकेको छ। नयाँ स्टक एक्सच्नेजको लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको छ।

 हिमालयन स्टक एक्सचेन्जमा शंकर ग्रुप, गोल्छा ग्रुप, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, भवानी राणा, खेतान ग्रुप, ज्योति ग्रुप, लक्की ग्रुप, दुगड ग्रुप लगायतको लगानी छ ।  त्यस्तै नेशनल स्टक एक्सचेन्जमा केडिया समुह र गैर आवासीय नेपालीको पनि लगानी छ । कम्पनीमा एनआरएनका हालका अध्यक्ष कूल आचार्य, र बद्री केसी, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने लगायतको लगानी रहेको छ । त्यस्तै  केडिया समूहका मनोज केडियाको लगानी रहेको छ । अग्नी ग्रुप, सिद्धार्थ ग्रुपको लगानी पनि यस कम्पनी रहेको बताईन्छ । अन्नपूर्ण एक्सचेन्जमा भने मुक्तिबोध न्यौपाने, सुरेन्द्रराज वाग्ले लगायतको लगानी छ । स्टक एक्सचेन्जमा व्यक्ति लगानी गर्न नपाइने भएकोले सबै लगानी संस्थागत हुन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved