शेयरबजारमा दोहोरो अंकको गिरावट, नेगेटिभ सर्किट लागेको सर्वोत्तम सिमेन्टको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2024 | 03:17:26 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १७.३० अंकले घटेर २०१८.३३ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका ३१६ कम्पनीका ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४ रुपैयाँ ७६ पैसाको कारोबार भएको छ । जस मध्ये सर्वोत्तम सिमेन्टको सर्वाधिक २६ करोड ६८ लाखको कारोबार भएको छ । त्यस्तै गोर्खाज फाइनान्सको १२ करोड ५६ लाख, शिवम सिमेन्टको ११ करोड ५५ लाख, तथा हाथवे फाइनान्सको ९ करोड ५८ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये मायाखोला हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै गरिमा डिबेन्चरको मूल्य ८.०८ प्रतिशत बढेको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य ७.७४ प्रतिशत बढेको छ ।

आज सर्वोत्तम सिमेन्टको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिसहत घटेको छ । त्यस्तै बोटलर्स नेपाल बालाजुको शेयर मूल्य ७.६४ प्रतिशत, सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य ५.८२ प्रतिशत, तथा समाज लघुवित्तको शेयर मूल्य ५.७७ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये निर्जीवन बीमा समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये उत्पादन तथा प्रशोधन समुह सर्वाधिक ३.६५ प्रतिशत घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved